logo

२०८१ कार्तिक २ शुक्रबार

logo
  • शुक्रबार, २ कार्तिक २०८१
  • फूलपातीदेखि विजयादशमीसम्मको मौसम: कहाँ–कहाँ वर्षाको सम्भावना ?

    फूलपातीदेखि विजयादशमीसम्मको मौसम: कहाँ–कहाँ वर्षाको सम्भावना ?

    52
    SHARES
    फूलपातीदेखि विजयादशमीसम्मको मौसम: कहाँ–कहाँ वर्षाको सम्भावना ?

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले फूलपातीदेखि विजयादशमीसम्मको तीन दिनको मौसम पूर्वानुमान गरेको छ ।

    बुधबार मध्याह्न १२ बजे दसैँ विशेष बुलेटिन जारी गर्दै महाशाखाले असोज २४ गते फूलपाती, २५ गते नवमी र २६ गते विजयादशमीका दिन कोशी प्रदेश र मधेस प्रदेशसहित बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने जनाएको छ ।

    यस्तै कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने जनाएको छ ।

    बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले यससम्बन्धी आवश्यक जानकारी क्रमशः अद्यावधिक गरिँदै जाने पनि बुलेटिनमा उल्लेख गरेको छ ।


    टुरिजम सञ्चार
  • बुधबार, २३ असोज २०८१
  • सम्बन्धित समाचार