रसुवा । रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा पहिलो पटक शुक्रबार विद्युत् लाइन पुगेको छ । धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् ।
कुल तीन करोड रुपैयाँ बराबर को लागतमा सो बिजुली जडान गरिएको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाले जनाएको छ । विसं २०३८ मा जिल्लामा विद्युत् सेवा विस्तार भएपनि गोसाइँकुण्डमा पहिलो पटक शुक्रबार विद्युत् लाइन सञ्चालन गरिएको हो ।