समय हो, २०७६ भदौतिरको । जतिबेला पोर्न स्टार सनी लियोनी नेपाल आउँदै थिईन्। उनले फिल्मको लागि नेपाल आउने बारेमा ट्वीट गरेकी थिईन्। उनको तीन दिने नेपाल भ्रमणको विषयले निकै चर्चा कमायो। समाजिक सञ्जालका भित्ता रंगिए, अखबारका पानाहरु रंगिचंगी भए। उनी जस्ता पोर्न स्टार नेपाली समाजका लागि उपयुक्त हुन् या होइनन्। त्यो अर्काे पाटोमा बहस होला नै । तर, एउटा भारतीय पोर्न स्टारको नेपाल भ्रमणले निकै हस्किएको थियो यही समाज ।पोर्न स्टारको नेपाल भ्रमणले उद्देलित भएको यही हाम्रो समाजलाई देवी प्रतिभाको वैदिक दीव्य ज्ञान ढोङ र पाखण्डता लाग्यो ।
हुन त डिभोर्स र सरोगेसीलाई नैसर्गिक अधिकार ठान्ने, टेस्ट्युव बेबीलाई परिवार सम्झने हाम्रो यो समाजका लागि उनको दिव्य ज्ञान रुढ र अन्धविश्वास लाग्ने नै भयो । उनी कुनै विदेशी नाम चलेका विश्वविद्यालयबाट अध्ययन पूरा गरेकी होइनन्, न त त्रिभुवन विश्वविद्यालयबाट नै नै । तर, उनले भारतको वृन्दावनमा आध्यामित्मक ज्ञान हासिल गरेकी थिईन्। वैदिक ज्ञान हासिल गरेकी उनले,आध्यमिक चेनता र चिन्तनधारामा हजारौलाई सम्मोहित गरिन्। उनको ‘प्यार से बोलो ना’ , वाक्यले धेरैका ध्यान खिच्यो, मन जित्यो । डिभार्स शब्द पूर्वीय सभ्यतामै नभएको उनको विश्लेषणले धेरै निद्रा भंग भो । उनले समाज र परिवार जोड्ने सेतुको वकालत गरिन्। परिवार मजबुत बन्न समर्पणको कुराको चर्चा गरिन्। तर,डिभोर्स र सरोगेसीवादीहरुले घोर आपत्ति जनाए। सधै पुरुषलाई गाली गरेर अधिकार पाइन्छ, भन्ने ठूलो जमातका लागि देवी प्रतिभाको विचार निकै काउछो बन्यो ।
उनी जे दिव्य ज्ञान हासिल गरेकी थिईन्, त्यही ज्ञान बाँडिन कोटीहोम महायज्ञमा । तर, उनको दिव्य ज्ञानले डिभोर्सवादी समाजमा हचलचल ल्याइदियो। पुरुष महिलाको रक्षक हो, भन्ने प्राचीन मान्यताको चर्चा गरिन्,तर, महिला भएर पितृसतात्मक सोचको महिमा गाएको भन्दै लगाए धारे हात । एउटी महिला, जो काभ्रेकी हुन्। नेपाली एउटी युवती जो २३ वर्षको कलियो उमेरमा यति धेरै असाधारण ज्ञान र क्षमता । दिव्य ज्ञान अनि शान र मान छ, उनको । कथा बाचनमा पुरुषहरुको एकल अधिपत्यता कायम रहेको बेलामा उनको त्यो अन्भुत क्षमता चानचुने पक्कै होइन। उनको त्यो असाधारण वाककला आम महिलाहरुका लागि गौरवको विषय थियो । तर, श्रीमानसंग डिभोर्स मागेर सम्पत्ति हडप्ने केही थान महिलाहरुले निकै निन्दा गरे। हुन त बुद्धलाई समेत निन्दा गर्ने यो समाजमा देवी प्रतिभाको प्रवचनले नजल्ने त कुरै भएन। उनको त्यो तहको क्षमतालाई बुझ्नका लागि त्यही तहको वौद्धिक र तार्किक क्षमता आवस्यकता पर्दछ, त्यो तहको क्षमता नभएपछि निन्दा र विरोध हुनु स्वभाविकै हो ।
उनको आध्यात्मिक ज्ञानको भण्डारलाई पाखण्डता र अन्धविश्वास लाग्ने नै भयो । जसले बाइबल बोकेर डिभोर्सलाई अधिकारको पानामा राखेर वकालत गर्दछन्, सरोगेसी र टेस्ट्युब बेबीमा परिवार,समाज र भविष्य देख्छन् ।समाज आफैमा द्धन्द्धवादी छ। हरेक विचारहरु द्धन्द्धात्मक हुन्छन्। तर, तिनीहरु तथ्यबाट सिद्ध गरिएको हुनुपर्छ। तथ्यहिन तर्क र वितर्कबाट सही विचार निर्माण हुन सक्दैन। तथ्यको कसीमा उभिएर वस्तुगत र यथार्थपरक विश्लेषण हुनुपर्छ। तर,देवी प्रतिभाको प्रबचनप्रतिको विश्लेषण र टिप्पणीहरु पूर्वाग्रहीपूर्ण आँबाट अलग भएको देखिएन । यति भनिरहँदा उनमा कमजोरी कदापि थिनन् भन्न खोजिएको पनि होइन। उनीमा पनि कमजोरीहरु पक्कै थिए र छन्। तर, कमजोरीको सानो पाटोलाई उछालेर राम्रो पक्षलाई धुमिल बनाउन खोज्नु त्यो पूर्वाग्रही सोच भन्दा अरु कदापि हुन सक्दैन । उनी पनि आम मानिस जस्तै हुन्। नेपाली छोरी हुन्। नेपाली समाजकै उपज हुन्। समाजकै बिम्ब हुन् उनी। फरक यत्ति होकी उनी आध्यात्मिक ज्ञान र चेतनाको दिव्य ज्ञानले असाधारण छिन्। जसको वाककलाले दुनियाँ लालायित हुन्छ, सम्मोहित हुन्छ। उनको यही अदभुत क्षमताकै कारण त्यो स्तरको सुरक्षासंगै बन्दोबस्ती मिलाइएको छ। उचाइ अनुसारको बसाइ स्वभाविक छ।
चन्द्रमामा पनि दाग देखिन्छ,तर, चन्द्रमाको शिलता मन नपराउने सायदै होलान्। देवी प्रतिभा पनि त्यस्तै एक चन्द्रमा हुन्। उनीमा पनि केही कमजोरीका दाग अवस्य थिए र छन्। देवी देवताका त कमजोरी हुन्छन्, भने उनी त एक आध्यमिक चिन्तक हुन्। प्रस्तुती र तडकभडकमा केही भद्दा अवस्य थियो।तर, सुरक्षाको दृष्टिकोणसंगै उनको बौद्धिक उचाइले आवस्यकता ठान्यो , त्यही अनुसारको प्रबन्ध गरिएको पक्कै हो । यी विषयका फूर्काे जोडेर गरिने आलोचना र निन्दा गरिनु सरासर पूर्वाग्रही भन्दा शिवाय अरु केही पनि होइन । महिला बारे उनले गरेको टिप्पणीको भावार्थ विद्यमान समाजको होइन, त्यो प्राचीन समाजको सन्दर्भ हो, जुन कुरा उनले आफ्नो कथा बाचनमा भनेकी थिईन। तर, त्यही कथाको सन्दर्भलाई हेडलाइन बनाएर बुझ्न र बुझाउने कोशीस गरियो । त्यसको भित्री मक्सद भनेका नै उनको अद्भुत क्षमताको आरिस भन्दा अरु देखिन्न । हरेक विषय र वस्तुको व्याख्या र बुझाइ सापेक्षमा हुनुपर्छ। तर, आधुनिक भनिएको हाम्रो समाजले निरपेक्षढंगबाट कथाबाचनको निरन्तर खेदो खनिरह्यो । उनी जति बौद्धिक छिन्, उति सरल सुसंस्कृत छिन्। जो पशुपतिनाथको पवित्र भूमिमा दिव्य ज्ञान बाँडेर कर्मभूमि फर्किइन्। भारत फर्किदा त्रिभुवन विमानस्थलमा नेपाली माटोलाई ढोगिन्। आफ्नो धर्तीप्रतिको उनको त्यो अथाह श्रद्धा र सम्मान उच्च कोटीको रह्यो । स्वदेशलाई धिर्कादै युरोप अमेरिकातिर टाप कस्नेहरुका लागि त्यो ठूलो सन्देश पनि थियो । आफ्नै माटोप्रति गौरव भन्दा हिनताबोध गर्नेहरुका लागि झापट थियो।
उनले दिएर गएको दिव्य ज्ञानप्रति छेड्खानी गर्नेहरु कि विवेकशून्य मानिसहरु हुन्। कि त परिचालित समूह नै हुन्। बाँदरले आफ्नो हैसियत पनि बनाउन दिदैन र बनाउन पनि सक्दैन भने जस्तै केही बाँदरे प्रवृत्तिले उनको निरपेक्ष आलोचना र निन्दामै समय र शब्द खर्चे । समाजको एउटा समूहले देवी प्रतिभालाई जे जसरी खेद्यो, त्यो खेदजनक र निन्दनीय छ। सनी लियोनी जस्ता पोर्न स्टारको नेपाल भ्रमणमा स्वागतद्धार बनाउने र उत्सव मनाउने उत्ताउलो समाजका लागि देवी प्रतिभाले ढोङवादी,पाखण्डता र भ्रमको खेती गरेको आरोप खेपिन्।तर, उनले सानै उमेरमा हासिल गरेको असाधारण ज्ञान जो छ, त्यसप्रति गौरव र सम्मान हुनुपर्दथ्यो। त्यो ठूलो पाटोलाई सर्लक्कै छाँयामा पारेर कमजोरीको सानो पाटोलाई बेस्सरी उछालियो, समाजिक सञ्जालका भित्तादेखि सडकमा उस्तै गरी दुत्कारियो । भोलिका दिनमा उनका धेरै कमजोरीका पानाहरु पल्टिए भने तथ्यपूर्ण तर्कले आलोचना गरौला,तर, अहिल्यै उनको कथाबाचन र नेपाल भ्रमणलाई लिएर गरिएका टिकाटिप्पणी असभ्य, छुद्र, पूर्वाग्रही, आरिस र संकिर्णको घेरामा लपेटिएकोभन्दा अरु कदापि होइन। यसर्थ अब हामीले पूर्वाग्रही पूर्ण सोचको पर्दा च्यातेर समग्रतामा विषय वस्तुको गहिराइ र त्यस्को गुरुत्वलाई नापेर छामेर मात्रै याख्या र विश्लेषण गर्न आँट गर्नुपर्छ।
लेखक लामो समयदेखि पर्यटन पत्रकारितामा कलम चलाउँदै आईरहेका पत्रकार हुन । हाल उनी पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका छन ।