logo

२०८२ असार २१ शनिबार

logo
  • शनिबार, २१ असार २०८२
  • थाइ एयर एसियाले पायो भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति

    थाइ एयर एसियाले पायो भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति

    1.4K
    SHARES
    थाइ एयर एसियाले पायो भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति

    काठमाडौं । थाइ एयर एसियाले भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति पाएको छ। आज शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत उडान अनुमति दिइएको जानकारी दिएका छन।

    उनले लेखेका छन्, ‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा – थाइल्यान्ड उडान अनुमति पाएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ।

    हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौं। यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ। विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरूलाई समेत अनुरोध गर्छु।’


    टुरिजम सञ्चार
  • शनिबार, १९ साउन २०८१
  • सम्बन्धित समाचार