logo

२०८२ बैशाख ८ सोमबार

logo
  • सोमबार, ८ बैशाख २०८२
  • रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

    रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

    65
    SHARES
    रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

    २३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाएका छन् ।

    उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन् ।

    सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी केन्द्रीय सचिवालयको भर्चुअल बैठकले अनुमोदन गरेको छ ।

    यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवाहकको जिम्मेवारी पाएका थिए । केही दिनअघि मात्रै रवि पार्टीको कार्यकारी नेतृत्वमा फर्किएका थिए ।

    संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो ।


    टुरिजम सञ्चार
  • शनिबार, २२ चैत्र २०८१
  • सम्बन्धित समाचार