logo

२०८२ बैशाख ८ सोमबार

logo
  • सोमबार, ८ बैशाख २०८२
  • टाई किन लगाइन्छ ?

    टाई किन लगाइन्छ ?

    78
    SHARES
    टाई किन लगाइन्छ ?

    टाईको इतिहास १७औं शताब्दीबाट सुरु भएको पाइन्छ । त्यस समयमा युरोपमा सल र रुमाल गलामा लगाइन्थ्यो । जुन निकै लोकप्रिय थिए । फ्रान्समा पुरुषहरूले लामो, पातलो कपडाको टुक्रा गलामा बाँध्थे, जसलाई ‘क्राभाट’ भनिन्थ्यो। यी क्राभाट धनी नागरिकहरूले शैलीको प्रतीकको रूपमा लगाउँथे ।

    १८औं शताब्दीमा क्राभाटलाई अझ विस्तृत बनाइयो । र, लेस, कढाई तथा अन्य सजावटले सजाइयो । तिनीहरू चौडा हुँदै गए र विभिन्न रङ र डिजाइनमा देखा परे । १९औं शताब्दीको सुरुवातमा आधुनिक क्राभाट विकसित भयो, जो १८औं शताब्दीको भव्य क्राभाटभन्दा छोटो थियो ।

    टाई चाँडै पुरुषहरूको पहिरनको महत्त्वपूर्ण अंग बन्यो । विशेषगरी व्यापारिक र औपचारिक अवसरहरूमा यसलाई पहिरिन थालियो । संयुक्त राज्य अमेरिकामा १९२० को दशकमा टाईलाई पहिलोपटक व्यापारिक पहिरनको महत्त्वपूर्ण हिस्सा मानियो ।

    सन् १९५० को दशकमा टाई आफ्नो लोकप्रियताको शिखरमा पुग्यो ।आज टाई पुरुष पहिरनको महत्त्वपूर्ण हिस्सा बनेको छ । यद्यपि फेसन शैली बदलिएको छ । पहिले जस्तो बारम्बार लगाइँदैन । तैपनि, टाई अझै पनि शैली र सुन्दरताको प्रतीक मानिन्छ । धेरै औपचारिक अवसरहरूका टाई अपरिहार्य सहायक बनेको छ ।

    नेपालमा भने स्कुल, कलेजमा टाई अनिवार्य लगाउनैपर्छ । यो विद्यार्थीको पोशाकको अभिन्न हिस्सा मानिन्छ ।

    त्यस्तै, कार्यालय तथा संस्थामा पनि कर्मचारी र मुख्य पदका व्यक्तिले पनि लगाउने गर्छन् । आजभोलि विवाहको रिसेप्सन पार्टीमा बेहुलाले सर्ट, प्यान्ट र कोटमा टाई पहिरिने चलन बढ्दो छ ।

    टाई : थरीथरीका स्टाइल

    टाई बाँध्ने तरिकाहरू धेरै छन्, तर सामान्यतया १८ देखि २० वटा शैलीहरू प्रचलित छन् । टाईको लम्बाइ, चौडाइ र कपडाको प्रकारले पनि टाई बाँध्ने शैलीमा प्रभाव पार्छ ।

    विश्वमै चर्चित टाई बाँध्ने केही लोकप्रिय विधि

    १. फोर–इन–ह्यान्ड नट

    यो सबैभन्दा सजिलो र प्रचलित शैली हो । जुन दैनिक कार्यालय वा अनौपचारिक अवसरका लागि उपयुक्त छ । हेर्दा गलामा सानो, असम्मित र लामो आकारको नठ बन्छ । तर, टाईको लम्बाई भने पेटसम्म पुग्छ ।

    कसरी बाँध्ने?

    – पहिला टाईलाई गलामा राखेर चौडा भाग दायाँ र सानो भाग बायाँ राख्ने

    – त्यसपछि चौडा भागलाई सानो भागमाथि क्रस गर्ने,

    – चौडा भागलाई सानो भागको पछाडिबाट घुमाउने,

    – चौडा भागलाई अगाडिबाट माथि उठाएर गाँठोको बीचबाट तल झारेर कस्ने ।

    २.हाफ–विन्डसर नट

    यो मध्यम खालको नट बनाएर लगाइन्छ । जुन फोर–इन–ह्यान्डभन्दा अलि ठूलो हुन्छ । यो औपचारिक जुनसुकै अवसरका लागि राम्रो मानिन्छ । विद्यार्थीहरूले पनि यो तरिकाले लगाउछन् ।

    कसरी बाँध्ने?

    – चौडा भागलाई सानो भागमाथि क्रस गर्ने ।

    – चौडा भागलाई गलाको नट बनाउने भागमा माथि उठाउने ।

    – पछाडिबाट घुमाएर अगाडि ल्याउने र नटको बीचबाट तल झारेर कस्ने ।

    ३.फुल–विन्डसर नट

    यसको नट ठूलो तर त्रिकोण भएको हुन्छ । यसमा माथिको भाग दुईतर्फ फराकिलो र तलको भाग एक मुखको साँघुरो हुन्छ । जुन विवाह, ठूला बैठक वा विशेष समारोहमा लगाइन्छ ।

    कसरी बाँध्ने ?

    – चौडा भागलाई सानो भागमाथि क्रस गर्ने ।

    – चौडा भागलाई गलाको लुपभित्रबाट दुई पटक घुमाउने ।

    – दोस्रो घुमाइ सकेपछि अगाडिबाट माथि उठाएर गाँठोको बीचबाट तल झारेर थोरै कसेपछि तयार हुन्छ ।

    ४.प्राट नट

    यसमा मध्यम आकारको नट बनाइन्छ । जुन ‘हाफ–विन्डसर’ जस्तै देखिन्छ । यो सामान्यदेखि विशेष कार्यक्रममा सबैले लगाउन सकिने स्टाइल हो ।

    कसरी बाँध्ने ?

    – टाईलाई उल्टो पारेर भित्री भाग बाहिर देखिने गरी तयार पार्ने ।

    – चौडा भागलाई सानो भागमुनि क्रस गर्ने ।

    – माथि उठाएर गलाको लुपबाट तल झार्नुहोस्, फेरि अगाडिबाट घुमाएर गाँठो बनाउने ।

    ५.बोटाई

    यो परम्परागत टाईभन्दा फरक हुन्छ । यसमा नट पुतली आकारको बनाइन्छ । जुन पश्चिमी मुलुकमा बढी चर्चित छ । यो शैली पार्टी, नाटक वा विशेष फेसनका लागि प्रयोग हुन्छ ।

    कसरी बाँध्ने ?

    – बोटाईलाई गलामा राखेर दुवै छेउ बराबर गर्ने ।

    – एउटा छेउलाई अर्कोमाथि क्रस गरेर दोस्रो छेउलाई घुमाएर बीचबाट तानेर गाँठो कस्ने ।

    यी बाहेक पनि धेरै शैलीहरू छन्, तर माथिका पाँचवटा सबैभन्दा लोकप्रिय र व्यावहारिक मानिन्छन् । अनौपचारिक वा औपचारिक अवसर अनुसार शैली छनोट गर्नुपर्छ ।

    टाई बाँध्दा ध्यान दिनुपर्ने कुरा

    – टाईको लम्बाई कम्मरसम्म पुग्नुपर्छ।

    – सर्टको कलर र अनुहारको आकार अनुसार नट र रङ छनोट गर्नुपर्छ।

    – रेशम, ऊन वा पोलिस्टर टाई लगाउने हो भने स्टाइलिस देखाउँछ ।


    टुरिजम सञ्चार
  • शनिबार, २२ चैत्र २०८१
  • सम्बन्धित समाचार