logo

२०८१ कार्तिक २ शुक्रबार

logo
  • शुक्रबार, २ कार्तिक २०८१
  • चीनमा बेरोजगारी दर यस वर्षकै सबैभन्दा उच्च

    चीनमा बेरोजगारी दर यस वर्षकै सबैभन्दा उच्च

    260
    SHARES
    चीनमा बेरोजगारी दर यस वर्षकै सबैभन्दा उच्च

    बेइजिङ । चीनमा युवा बेरोजगारी दर यस वर्षकै सबैभन्दा उच्च भएको छ । राष्ट्रिय तथ्यांक विभागको तथ्यांकअनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरूको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत थियो भने जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ।

    एनबीएसले सार्वजनिक गरेको तथ्यांकअनुसार देशमा २५–२९ वर्ष उमेरका युवामा बेरोजगारी दर ६.४ प्रतिशतबाट बढेर जुलाईमा ६.५ प्रतिशत पुगेको छ।

    यसै सन्दर्भमा राष्ट्रपति सी चिनफिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई “शीर्ष प्राथमिकता“ राखेर अगाडि बढ्नुपर्ने बताएका छन्।

    जुन महिनामा ११.८ मिलियन विद्यार्थीले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ।


    टुरिजम सञ्चार
  • शनिबार, १ भाद्र २०८१
  • सम्बन्धित समाचार