logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा

    पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा

    338
    SHARES
    पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा

    काठमाडौं । काठमाडौंको नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आएको छ । नेपालको प्रमुख व्यापारिक घराना शंकर समूहको लगानी रहेको यो होटल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

    यो होटल निर्माण गर्न सन् २०१४ मै सम्झौता भएर नक्सा तयार भएको थियो । तर, २०१६ बाट निर्माण थालिएको थियो । सुरुमा ७ अर्ब २७ करोड रुपैयाँ लगानी योजना बनाइ पनि कोभिड–१९ का कारण निर्माण प्रभावित हुँदा समय र लागत दुवै बढेको शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् । परियोजना लागत १ अर्ब १० करोड रुपैयाँले बढेर ८ अर्ब ३५ करोड पुगेको उनले बताए ।

    हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । उसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो ।

    नेपालको प्रमुख व्यापारिक घराना शंकर समुहको लगानी रहेको यो अद्वितीय होटलले भारतीय उपमहाद्विपमा हिल्टनको दरिलो विकास र विस्तारमा उल्लेख्नीय कोसेढुंगा साबित भएको छ । नेपाल उच्च पर्यटक गन्तव्यको रुपमा माग भएको देशमा पर्दछ र साहसिक पर्यटन, धार्मिक तथा साँस्कृतिक क्षेत्रहरुका लागि आम पर्यटकहरुमाझ प्रख्यात छ ।

    काठमाडौंको सबैभन्दा अग्लो यस होटलमा रहेका १७२ वटा कोठाहरुबाट पाहुनाहरुले हिमालय श्रृंखलाको अतुलनीय मनमोहक दृश्य अवलोकन गर्नुका साथै व्यक्तिगत तवरमा समेत विशिष्ट अनुभव हासिल गर्नेछन् ।

    काठमाडौं उपत्यकाको मुटुमा रहेको हिल्टन काठमाडौंको निर्माण शैलीमा नेपालको समकालीन डिजाइनका साथ समृद्ध सम्पदालाई उत्कृष्टताका साथ उतारिएको छ । काठमाडौंको सबैभन्दा अग्लो र सिसै सिसाको बाह्य भाग भएको एकमात्र होटल हिल्टनबाट देखिने लाङ्टाङ उपत्यकाको हिमाली श्रृंखलाको मनोरम दृश्य अवलोकन गर्न पाइन्छ ।


    टुरिजम सञ्चार
  • शनिबार, १९ साउन २०८१
  • सम्बन्धित समाचार