रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान सफल

  • टुरिजम सञ्चार
  • शनिबार, बैशाख १६, २०८०
  • nepal airlines Resunga airport

    काठमाण्डौ । गुल्मीको रेसुङ्गा विमानस्थलमा शुक्रबार नेपाल एयरलाइन्सको परीक्षण उडान सम्पन्न भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन-एबिटी जहाज बिहान ७ बजेर ३९ मिनेटमा रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा अवतरण भएको हो। रेसुङ्गा विमानस्थलको २०६३ सालमा शिलान्यास गरिएको थियो। २०७१ सालबाट नियमित काम भएर २०७५ सालमा कच्ची धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो।

    विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 Tourismsanchar.com All right reserved Site By : Epic Media P. Ltd.