बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

  • टुरिजम सञ्चार
  • शनिबार, बैशाख १६, २०८०
  • buddha_air

    काठमाण्डौ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज थपेको छ । कम्पनीले शुक्रबार १५ औँ एटिआर–७२ विमान ल्याएको हो । ठूला विमानबाट उडान गर्दा सञ्चालन खर्च कम हुने र शुल्क पनि कम हुने भएकाले ७२ सिट क्षमताको विमान ल्याइएको कम्पनीले जनाएको छ ।

    योसँगै बुद्ध एयरको विमान संख्या १५ पुगेको छ, जसमध्ये १२ वटा एटीआर–७२ र ३ वटा एटीआर–४२ विमान छन् । बुद्धका दुईवटा बिचक्राफ्ट क्यानडाको एउटा कम्पनीलाई बेचिसकेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ विमानले आवश्यक कागजात पूरा गरेपछि एक महिनाभित्र व्यावसायिक उडान सुरु गर्नेछ । नयाँ जहाज थपिएपछि हाल दैनिक दुईवटा उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने कम्पनीको योजना छ ।

    त्यसैगरी सङ्खुवासभाको तुम्लिङटारमा एटिआर–७२ जहाजबाट उडान भर्ने तयारी छ । कम्पनीले छिट्टै थप एउटा नयाँ जहाज ल्याउन लागेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 Tourismsanchar.com All right reserved Site By : Epic Media P. Ltd.