logo

२०८१ असोज २९ मंगलबार

logo
  • मंगलबार, २९ असोज २०८१
  • विदेशी, काठमाडौं र पहिचान हुन नसकेका शव सोमबार काठमाडौं ल्याइने

    विदेशी, काठमाडौं र पहिचान हुन नसकेका शव सोमबार काठमाडौं ल्याइने

    3K
    SHARES
    विदेशी, काठमाडौं र पहिचान हुन नसकेका शव सोमबार काठमाडौं ल्याइने

    यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव सोमबारदेखि आफन्तलाई बुझाइने भएको छ । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी कास्कीलगायत जिल्लामा घर भएका मृतकको शव पोखराबाट नै आफन्तलाई जिम्मा लगाइने, विदेशी र काठमाडौंलगायत जिल्लामा घर भएकाहरूको शव सोमबार काठमाडौं पठाउने तयारी भएको बताएका छन् ।

    प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आइतबार साँझसम्म सबैको खोजी कार्य सक्ने गरी काम भइरहेको बताएका हुन । शव खोजी कार्य जारी रहेपनि सबै मृतकका शव फेला परिसकेका छैनन । अझैसम्म ४ जना बेपत्ता छन् । खोजी कार्य जारी रहेको छ । ६८ जनाको शव अस्पतालमा राखिएको उनले बताए ।

    शव मृतकका आफन्तलाई बुझाउनका लागि प्रशासनले तयारी गरेको प्रमुख जिल्ला अधिकारी केसीले बताए । पोखराका मृतकको हकमा यता नै पोस्टमार्टम गरेर आफन्तलाई बुझाउँछौं । पहिचान हुन नसकेका, काठमाडौं घर भएका, विदेशी र विमानका क्रू मेम्बरको शव काठमाडौं ल्याइने छ ।

    विभिन्न सञ्चार माध्यममा केही यात्रु जीवित भेटिएको भन्ने समाचार आएको कुरा सही नभएको पनि प्रमुख जिल्ला अधिकारी केसीले बताए । उनले जति यात्रु भेटिएका छन्‚ ती सबै मृत्यु भइसकेका रहेको बताए । अहिलेसम्म ६८ शव भेटिएको छ । जिवित एकजना पनि भेटिएको छैन । सञ्चारमाध्यममा जीवित यात्रुको उद्दार गरियो भन्ने सूचना सार्वजनिक भएको पाइयो तर त्यो होइन । विमानमा स्वदेशी विदेशी र चालक दलका सदस्य सहित ७२ जना सवार थिए ।


    टुरिजम सञ्चार
  • आइतबार, १ माघ २०७९
  • सम्बन्धित समाचार