यती एयरलाइन्सका सबै उडान रद्द

  • टुरिजम सञ्चार
  • आइतवार, माघ १, २०७९
  • यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गर्ने निर्णय गरेको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको हो ।

    कम्पनीको नाइन एन एएनसी एटीआर ७२(५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । सरकारले समेत सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 Tourismsanchar.com All right reserved Site By : Epic Media P. Ltd.