संस्कृति जोगाउन फुड फेस्टिवल गर्दै पर्यटन बिद्यार्थी मञ्च-नेपाल

  • प्रकाशित मिति : December 5, 2019
  • टुरिजम डेस्क

काठमाण्डौ, मंसिर १९ । फुड लभरहरुको लागि आगामी मंसिर २१ गते (शनिबार) बिशेष दिन बन्न सक्छ । काठमाण्डौ स्थित सेतो मछिन्द्रनाथ मन्दिर परिसर, केल टोल जनवहाल– असनमा यःमरी पुन्ही फुड फेस्टिवल आयोजना हुदैछ । काठमाण्डौ उपत्यका भित्र नेवारी समुदायको बिशेष परिकारको रुपमा मानिने यमरीको स्वाद लिन सकिनेछ । शनिबार चल्ने उक्त यमरी पुन्हीको पुर्वसन्ध्यामा सहभागिता जनाउनेहरुले स्टलमा राखिएका बिभिन्न फरक–फरक परिकारहरुको अर्गानिक स्वादको मज्जा लिन पाउनुको साथै बिशेष छुटमा योमरी किन्न सक्नेछन ।

पर्यटन क्षेत्रमा क्रियाशिल पर्यटन बिद्यार्थी मञ्च–नेपालको आयोजनामा नेवारी समुदायमा १ शताब्दीको इतिहास रचेको यमरी पक्कै पनि रोचक र फरक स्वाद बन्न सक्नेछ । पछिल्लो समय समुदायबाट लोप हुदै गएका र खानामा आफ्नै मौलिक पहिचान बनाएका नेवारी परिकारहरुलाई जर्गेना गर्न र नयाँ पुस्ताहरुलाई स्वाद चखाउन आफुहरुले यमरी पुन्ही फेस्टिवल ११४० को आयोजना गरेको पर्यटन बिद्यार्थी मञ्च–नेपालका अध्यक्ष अभिषेक अर्यालले बताए ।

शताब्दी इतिहास बोकेको यमरी तथा नेवारी परिकारको संरक्षण,नयाँ पुस्तामा हस्तान्तरण र समाजमा सकारात्मक प्रभाव पार्ने कार्यक्रम संयोजक एबम मञ्चकी सचिव बिजिता शाक्यले बताईन । पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उदेश्यले उक्त कार्यक्रम मंसिर २१ गते (शनिबार) बिहान ११ बजे देखि बेलुकी ६ बजेसम्म चल्ने र बिदेशी सहभागीहरुलाई यमरी बनाउन सिकाईने उनले जानकारी दिईन । उक्त कार्यक्रमलाई पर्यटनसंग आबद्ध बिभिन्न संघ सस्थाहरुले सहयोग र सहकार्य गरेका छन ।