कस्तो रहन्छ आज (आइतवार) को मौसम ?

  • प्रकाशित मिति : June 16, 2019
  • टुरिजम सञ्चार

काठमाडौंँ,  असार १ । देशका अधिकांश क्षेत्रको मौसक आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व र पश्चिमका क्षेत्रमा सामान्य बदली मेघ गर्जनसहित वर्षा हुने मौसमविदले बताएका छन् । यस्तै मध्य क्षेत्रका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षा हुने जनाइएको छ । यस्तै अपराहन्नपछि हावाहुरी चल्ने सम्भावना पनि रहेको जनाइएको छ ।

यसैबिच आइतबार पुनः पश्चिमी वायु प्रवेश गरेकाले सुदूरपश्चिमका क्षेत्रमा पूर्ण बदली भएको छ ।

पश्चिमी वायुकै कारण मनसुन भित्र सकेको छैन । मनसुन भित्रनका लागि पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा बाहिरिनु पर्ने मौसमविद समिर श्रेष्ठले बताएका छन् ।

सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रने गर्छ । तर यो वर्ष ढिला भएको छ । अझै केही दिन भित्रने सम्भावना नरहेको उनले बताएका छन् ।