काठमाडौ,जेठ १३। आज (सोमबार) देशका पूर्वि भु–भाग लगायत अन्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पूर्वी भु–भाग र अन्य पहाडी भेगका एक दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ ।
त्यस्तै रातिको समयमा देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।
देशका पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ ।