कतै जाँदै हुनुहुन्छ? यस्तो छ है आज (शुक्रबार ) को मौसम

  • प्रकाशित मिति : May 24, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,जेठ १०। आज शुक्रबार देशको पहाडी भू–भागहरूमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदली हुनेछ ।

पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।