पूर्वीनवलपरासीमा असिना पानीसहित हावाहुरी, दर्जनौं घरमा क्षति

  • प्रकाशित मिति : May 22, 2019
  • टुरिजम सञ्चार

नवलपरासी, जेठ ८ । पूर्वीनवलपरासीमा गएराति असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ । यद्यपि, मानवीय क्षति भने भएको छैन ।

दर्जनौं घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको यकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएकाे छ ।

हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएको छ । यसले विद्यत् तथा सवारी आवागमन प्रभावित भएको छ । देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको छानो पनि हावाले उडाइदिएको छ ।

हुरीको असर देवचुली नगरपालिकाकाे  ६, ७, ८, ९, ११, १२ र १४ वडामा परेको छ । तर, यीमध्ये सबैभन्दा बढी असर वडा नं. ७ मा देखिएकाे छ ।

हुरीसँगै आएको असिना पानीले किसानका तरकारीलगायतका बालीमा पनि नोक्सानी पुगेको छ ।