काठमाडौं,जेठ ५। आज आइतबार देशका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदली रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका थोरै स्थानमा अपरान्हपश्चात मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ ।
त्यसैगरी रातिको समयमा देशका पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।
देशका पहाडी भु–भागका एक वा दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।