कतै जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मौसम

  • प्रकाशित मिति : May 15, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,जेठ १ । आज बुधवार देशको पूर्वी र मध्य भु–भाग तथा पश्चिमि पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भु–भागमा मौसम सफा हुने देखिन्छ ।

देशका पुर्वि र मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशका पहाडका भु–भागमा आंशिकदेखि सामान्य बदलि रही बांकी भु–भागमा मौसम सफा हुने देखिन्छ।

पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।