जब दशौँ लाख पुतली एकसाथ उडे,गुञ्जियो यस्तो अदभूत आवाज

  • प्रकाशित मिति : May 14, 2019
  • टुरिजम सञ्चार

टुरिजमसंचार,वैशाख ३१। दशौँ लाख पुतलीहरुले एकैसाथ उडान भर्दाको आवाज कस्तो होला ? एकसाथ दशौँ लाख पुतली उडेको आवाज पक्कै पनि भव्य हुन्छ । धेरैले आफ्नो जीवनकालमा सीमित पुतलीहरु मात्रै देख्ने अवसर पाएका हुन्छन् ।

तर पुतली उड्दाको आवाज भने विरलै महसुस गर्न सकिन्छ । तर युट्युबर तथा ट्रपिकल इनटोमोलोजिस्ट फिल टोरेसले आफ्नो छोटो अवधिको डकुमेन्ट्री भिडियोमा दशौँ लाख आप्रवासी पुतली उडदाको दृश्य र आवाज समेटेका छन् ।

उनले द जङ्गल डायरिज् नामक भिडियोमा मेक्सिकोको सिएरा चिनकुवा संरक्षणमा जाडो छल्न पुगेका पुतलीहरु जाडो सकिएसँगै उडेको दृश्य र आवाज समेटेका हुन् ।

उनले भनेका छन्, ‘यो पृथ्वीको दुर्लभ आवाज मध्येमा पर्छ । दशौँ लाख पुतली एकसाथ उडेको देख्नु र त्यसको आवाज सुन्न पाउनु अति दुर्लभ अवसर हो । यी पुतलीहरु विश्वका सम्पदा हुन् । यिनको संरक्षण हुनु पर्छ ।’