लाखौं वर्ष पहिले लोप भएको चरा पुनः अस्तित्वमा

  • प्रकाशित मिति : May 14, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,वैशाख ३१। झण्डै एक लाख ३६ हजार वर्ष पहिले पृथ्वीबाट लोप भएको चरा फेरि अस्तित्वमा आएको वैज्ञानिकले बताएका छन् ।

उड्न नसक्ने प्रजातिको चराको बास इन्डियन ओसनको अलडब्रा क्षेत्रमा थियो । तर समुद्रले सो टापुलाई पूर्ण रुपमा नष्ट गरेपछि चरा लोप भएको थियो । त्यहाँ उक्त चराका फ्लोरा तथा फउना थिए।

बेलायतको युनिभर्सिटी अफ पोर्टसमाउथ एण्ड नेचुरल हिस्ट्री म्युजियमका वैज्ञानिकले सो चरा मृत्युबाट फर्किन सफल भएको अर्थात पुनः अस्तित्वमा आएको बताएका छन् ।

दुर्लभ इटिरेटिभ इभोलुसन प्रक्रियाबाट सो चरा फेरि अस्तित्वमा आएको बताइएको छ । यो प्रक्रियामा उही वंशजका प्राणीको पुनः अस्तित्व इतिहासका विभिन्न कालखण्डमा हुने गर्छ ।

माडागास्करको आदिवासी चरा द ह्वाइटथ्रोटेड रेल पुन अस्तित्वमा आएको हो । यो चरा केही हजार वर्षदेखि विभिन्न समुद्री क्षेत्रमा देखिन थालेको वैज्ञानिकको भनाई छ ।

झण्डै एक लाख वर्ष पहिले समुद्रमो सतह कम भएपछि अलडब्रा टापु पुनः देखियो । त्यहाँबाट बसाईँ सरेका द ह्वाइट थ्रोटेड रेल पुनः फर्किए । उनीहरु मोरिसस, रियुनियनसहितका टापुमा गएका थिए ।

शिकारीको नजरबाट मुक्त रहेको अलडब्रामा ती चराहरुको बिस्तार भयो र उनीहरु फेरि उड्न नसक्ने खालका भए । यसको कारण चुनौतीको कमी हुनु रहेको वैज्ञानिकको भनाई छ । अहिले पनि यस्ता चराहरु सो आइल्याण्डमा छन् ।

जुलोजिकल जर्नल अफ तर लिनियन सोसाइटीमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा अनुसन्धानकर्ताले अलडब्रा टापु समुद्रले डुबाउनु पूर्व र फेरि अस्तित्वमा आएपछिको जीवांशको अध्ययन गरेर सो चरा पहिले जस्तै पुनः उड्न नसक्ने बनेको निष्कर्ष निकालेका हुन् । यसको अर्थ लोप भएको चरा फेरि अस्तित्वमा आएको हो ।