पोखराबाट भारतको देहरादुनसम्म सिधा बस सेवा

  • प्रकाशित मिति : May 12, 2019
  • टुरिजम सञ्चार

पोखरा,बैशाख २९। पृथ्वी राजमार्ग बस सेवा समितिले पोखरा र भारतको देहरादुन सम्म सिधा बस सेवा सञ्चालन गर्ने भएको छ ।

पृथ्वी राजमार्ग बस सेवा अन्तरगको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले हप्तको १ एक दिन बुधबार बस सेवा सञ्चालन गर्न लागेको पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए ।

बस पोखराबाट नारायणगढ बुटबल, महेन्द्रनगर बनबास रुद्रपुर हरिद्धारा ऋषिकेश हुँदै देहरादुन सम्म पुग्ने छ ।

भारतको नयाँ दिल्लि पोखरा बस सेवा दिदै आएको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले दिल्लि बस सेवा गरेको १२ बर्ष पछि देहरादुन बस सेवा शुरु गर्ने लागेको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक केशब अधिकारीले बताए ।

उनले एसि बस हुने र भाडादर एक जनाको एकतर्फि ४ हजार ३ सय २० राखेको जानकारी दिए । पोखराबाट देहरादुनका लागि जेठ ८ गतेबाट सेवा शुरु हुने छ ।