फेवातालमा डरलाग्दो छाल,५० भन्दा बढी डुंगा पल्टिए

  • प्रकाशित मिति : May 12, 2019
  • टुरिजम सञ्चार

पोखरा,वैशाख २९। आइतबार फेवातालमा समुद्री किनारको झल्को दिने गरी डरलाग्दो छाल आएको छ।प्रहरीका अनुसार तालको छेउछाउमा राखिएका डुङ्गाहरु डुबेका छन् ।

चर्को हावाहुरीले ल्याएको छालले ताल किनारमा पार्किङ गरी राखिएका ५० भन्दा बढी डुंगा डुबाएको डुङ्गा चालक सुन्दर विकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाको अनुसार छालबाट मानवीय क्षति भने भएको छैन ।उनले भने, ‘तालबाराही मन्दिर दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए ।’