नेपालमै भेटियो प्राकृतिक ताज महल, हेर्न आउनेको भीड (फोटो फिचर)

  • प्रकाशित मिति : May 12, 2019
  • टुरिजम सञ्चार

उदयपुर, बैशाख २९। त्रियुगा नगरपालिका वडा नम्वर ८ माटे खोलाको शिरमा रहेको प्राकृतिक ताजमहलको आकृति भएको पहाड हेर्न आउनेको भिड लाग्न थालेको छ । शाही खोलाको किनारमा अवस्थित पहाडको भित्तामा प्राकृतिक रुपले ताज महलको आकृतिमा रहेको माटोको ढिस्कोलाई अवलोकन गर्न आउनेको भिड लाग्न थालेको छ ।

स्थानीयहरुले पहाडको भित्तामा रहेको उक्त सुन्दर आकृतिको महल जस्तो आकारलाई सामाजिक संजालमार्फत पोस्ट गरेपछि सर्वसाधारणको साथै शिक्षक, विद्यार्थी, समाजसेवी, ब्यापारि लगायतको पहाड हेर्न भिड लागेको छ ।

उदयपुरको साथै सिरहा, सप्तरी लगायतका जिल्लाबाट समेत सर्वसाधरण ताज महलको अवलोकन गर्न आउने गरेको छन।

प्राकृतिक रुपमा बनेको उक्त आकृति ३६ साल देखि नै उस्तै आकारमा अवस्थित रहेको छ।