काठमाडौं, बैशाख २९। आज (आइतवार) देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान देशभरको मौसम आंशिक बदली हुने र अपराहन्न तिर आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।
विशेष गरि मध्य र पश्चिमको पहाडी क्षेत्र तथा पूर्वका इलाकामा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।
केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविदको भनाई छ ।
प्रि–मनसुनको समय भएकाले मौसम यस्तो भएको जनाइएको छ ।