कतै जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम

  • प्रकाशित मिति : May 10, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,वैशाख २७। आज (शुक्रबार) देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलिको संभावना छ ।

देशको बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी रातिको समयमा देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू-भागमा आंशिक बदलिको संभावना छ ।

बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।