कतै जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम

  • प्रकाशित मिति : May 9, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,बैशाख २६। आज (बिहीबार) देशभर मौसम सामान्यतया सफा रहने भएतापनि पहाही भूभागमा अपरान्ह पछि आंशिक बदलिको संभावना रहेको मौसम पुर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जनसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी रातिको समयमा देशको पूर्वी पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा रहने देखिन्छ ।

पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघगर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।