फेवातालको बिचमा सरकारले कफी सप खोल्ने, एक कपको मुल्य १० हजार

  • प्रकाशित मिति : May 8, 2019
  • टुरिजम सञ्चार

पोखरा, बैशाख २५। नेपाल एक पर्यटकीय देश हो । नेपालमा भएका प्राकृतिक स्रोत साधनको कारणले गर्दा नेपालमा पर्यटकको आर्कषण बढ्दो रहेको छ ।

यस क्षेत्रको पर्वद्धनका लागि सरकारले पनि त्यही प्रकारको पहल गर्दै आएको छ । पर्यटकहरु आउँन हामीसँग स्रोत मात्रै भएर हुँदैन उचित वातावरण पनि निर्माण गर्न आवश्यक देखिन्छ ।

यो बिचमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले फेवातालबीचमा प्रदेश सरकारले कफी सप खोल्ने योजना बनाएको खुलासा गर्नुभएको छ ।

उहाँले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको भन्दै फेवातालमा कफी सप खोलेर पर्यटकको संख्या बढाउने दाबी गर्नुभएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ५ ले पोखरामा गरेको लुम्बिनी भ्रमण वर्षबारे जानकारी दिन पोखरामा भएको पत्रकार सम्मेलन तथा अन्तक्रिर्या कार्यक्रममा मन्त्री लम्सालले फेवातालमा कफी पसल खोल्ने योजनाबारे जानकारी गराउँनु भएको हो ।

उहाँले कफी सपमा ‘पूरै अर्गानिक’ कफी मात्रै पाइने दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा हजारौं पर्यटकले दर्शन गर्छन् ।

त्यस्तै पर्यटक तान्ने अर्को फेवाताल शिरान माटो थुप्रेको ठाउँ (खपौंदी)मा एउटा कफी सप बनाउने प्रदेश सरकारको योजना छ ।’ तपाईलाई जानकारी गराउँ सरकारले खोल्ने उक्त कफी सपको मुल्य भने सस्तो नहुने भएको छ ।

१ कपको १ सय डलर पर्ने जनाइएको छ । गण्डकी प्रदेशमा उब्जिएको अर्गानिक कफी हुने पनि उहाँले जानकारी गराउँनु भएको छ । नेपाली १० हजार मुल्य भन्दा माथिको कफी नेपालका लागि समय सान्दर्भिक नभएको धेरैको बुझाई रहेको छ