काठमाडौं, बैशाख २५। आज (बुधबार) कता जादै हुनुहुन्छ ? मौसमको अवस्था हेरेर मात्र बाहिर निस्किनुस् ।
मौसम पूर्वामान महाशाखाका अनुसार आज देशभरि मौसम सामान्यतया मौसम सफा रहनेछ ।
तथापी पूर्वी पहाडी भेगका एक दुई स्थानमा अपरान्ह वा साँझ पछि आंशिक बदलि भई मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार रातिको समयमा देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना रहेको छ ।