फोहोर टिपेर होटल व्यवसायीलाई जिम्मा लगाउँदै पर्यटक

  • प्रकाशित मिति : May 6, 2019
  • टुरिजम सञ्चार

पोखरा,वैशाख २३। मनास्लु पदमार्गको सामागाउँ हुँदै मनाङको भीमथाङ–तिल्चे झरेका पर्यटकहरूले फोहोर संकलन गरेका छन्। जर्मनबाट मनास्लु क्षेत्र घुम्न आएका पर्यटकहरूले लार्केपास गरेपछि मनाङ झर्ने बाटोमा भेटिएका प्लास्टिकजन्य फोहोरहरू सरसफाइ गरेका हुन्।

१५ दिनको प्याकेजमा मनास्लु घुम्न आएका जर्मन नागरिक स्टेबलर लगायतको टोलीले पदमार्ग फोहोर भएको भन्दै फोहोर संकलन गरेको बताए। भीमथाङ आउनुभन्दा अघिदेखि नै फोहोर संकलन सुरु गरेको उनीहरूले फाल्ने ठाउँ नपाएर कोही आफैँले त कोही भरियालाई बोकाएर मनाङको धारापानी झारेका छन्।

धारापानीमा उनीहरूले स्थानीय होटल व्‍यवसायीलाई उक्त फोहोर जिम्मा लगाए।