लुम्बिनी बुद्धिज्म एण्ड टी रिसर्च सेन्टर स्थापना

  • प्रकाशित मिति : May 6, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख २३। बुद्ध दर्शन र चिया संस्कृतिको सँगसँगै अध्ययन अनुसन्धान गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘लुम्बिनी बुद्धिजम एण्ड टि रिसर्च सेन्टर’ शुभारम्भ गरिएको छ ।

बुद्ध दर्शन र चिया संस्कृतिको अध्ययन अनुसन्धान गर्नका लागि खोलिएको सेन्टरको बिहीबार नेपाल पर्यटन बोर्डमा शुभारम्भ गरिएको हो ।

कार्यक्रममा संस्कृत विश्वविद्यालयका प्रा काशीनाथ न्यौपानेले चीनमा विकसित भएको चिया संस्कृति र नेपालमा जन्मिएका गौतम बुद्धको दर्शनबीच गहिरो सम्बन्ध रहेको बताए ।

चिनियाँ प्रा इन चियाउले बौद्ध दर्शन र चियाको स्वाद एउटै भएको बताउँदै चिया संस्कृति र बौद्धधर्मका माध्यमबाट नेपाल–चीन सम्बन्ध अझ प्रगाढ बनाउन सकिने बताए ।नेपाल चिया विकास बोर्डका प्रतिनिधि गौरव लुइँटेलले नेपाली चिया र चीनबीचको सम्बन्ध पुरानो रहेकाले बुद्ध दर्शन र चिया संस्कृतिको अझै विकास गर्नुपर्ने विचार व्यक्त गरे ।

रामचन्द्र कार्कीको अध्यक्षतामा स्थापना भएको सेण्टरले चीनका तीन संस्थाबीच साझेदारी सम्झौतासमेत गरेको छ ।