प्याराग्लाईडिङ अब मकवानपुरमा पनि गर्न पाईने

  • प्रकाशित मिति : May 6, 2019
  • टुरिजम सञ्चार

मकवानपुर, बैशाख २३। युवा पुस्ताहरुले निकै रुचाएको प्याराग्लाईडिङ अब मकवानपुरमा पनि गर्न पाईने भएको छ ।

पोखराको एउटा अध्यन टोलिले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा प्याराग्लाईडिङको सफल परिक्षण गरेका छ्न ।

शनिबार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुको इन्द्र सरोवर तालमाथि गुम्बा डाँडाबाट सफल परिक्षण गरेको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी दिएका छ्न ।

लामाले पर्यटन प्रवद्र्धनको लागि प्याराग्लाईडिङले महत्वपुर्ण भुमिका खेल्नै बताउनुभयो । प्याराग्लाईडिङ परिक्षणको लागि गाउँपालिकाले प्याराग्लाईडिङ पाईलटको रुपमा पोखराबाट विशाल लामाको नेतृत्वमा सम्भावित अध्ययन तथा परिक्षण गराएको थियो ।

केहि बर्ष अघि मकवानपुर गढीमा पनि सम्भावना भएको भने पनि सफल परिक्षण भने भएको थिएन ।