आजदेखी विराटनगरमा अनिश्चितकालिन बन्द आह्वान

  • प्रकाशित मिति : May 6, 2019
  • टुरिजम सञ्चार

काठमान्डौ, बैशाख २३। सोमबार (आज) देखि विराटनगरमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । प्रदेशिक राजधानी विराटनगरबाट सार्न लागिएको भन्दै भएको सर्वपक्षीय भेलाले अनिश्चितकालीन बन्द आह्वान गरेको हो ।

आवश्यक सम्पुर्ण संरचना भएको प्रदेशको अस्थायी राजधानी विराटनगरलाई नै स्थायी राजधानी तोक्न माग गर्दै सर्वपक्षिय भेलाले भेषप्रसाद धमलाको नेतृत्वमा राजधानी दबाब समिति गठन गरेको छ ।

बन्द आह्वानको सामाजिक सञ्चालमा तिब्र असन्तुष्टि ब्यक्त गरिएको छ । अर्को तर्फ विराटनगरमा गर्न लागिएको अनिश्चितकालीन बन्दको विरुद्धमा पनि आवाज उठिरहेको छ । सामाजिक सञ्जालमा बन्द नै समस्याको समाधान नभएको भनी स्टाटस पोस्ट भएका छन् ।

सामाजिक संजाल मा गोकुल पराजुली लेख्छन -महानगर को पहल मा बन्द गर्ने कार्य पागल पन हो ।