धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोट जाने केबुलकार बनाउन अध्ययन

  • प्रकाशित मिति : May 5, 2019
  • टुरिजम सञ्चार

पोखरा बैशाख २२। जिल्लाको पञ्चकोटमा केवलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरु भएको छ । नगर प्रमुख चीन भ्रमणमा गएको बेला चासो राखेपछि चिनिया कंपनी र नेपालीकेही ईन्जिनियरले साथ दिएपछि प्रारम्भिक अध्ययनको काम थालिएको बताइएको छ ।

बुधवार बागलुङमा आयोजित एक कार्यक्रममा चीनको एक केवलकार कंपनीका प्राविधिकले बागलुङ नगरपालिकाका पदाधिकारीसँग छलफल गरेर कामका लागि थालनी गर्न प्रस्ताव गरेका छन् ।

वडा नं. ४ को ओडारचौर देखि पञ्चकोट सम्म केवलकार बनाएपछि दैनिक पैदल र सवारी साधन चढेर गएका पर्यटकको दोब्बर उपस्थिति हुने बताइएको छ । पञ्चकोटमा बनाइने भनिएको संसारकै अग्लो कलस र अन्य संरचनाका लागि भारतीय हिन्दु पर्यटकहरु बढी आउने संभावना छ ।

नेपालीहरुले पनि यो क्षेत्रको भ्रमण गर्न थालिसकेका छन् । केवलकार निर्माण गर्दाबागलुङको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने देखेर प्रस्ताव गरिएको नगर प्रमुख जनकराज पौडेलले बताए । ‘जनप्रतिनिधि भएपछि जनताको हित र बिकासका लागिसंभावना खोजी गर्ने क्रममा हामीले यो संभावना देखेका हौं’ उनले भने, ‘नगरपालिका र आम नगरबासीको लगानीमा काम गर्न सकियो भने फाइदा पनि हामीले लिन सक्छौं ।’ केही समयअघि वडा नं. ६ का बासिन्दाले केवुलकार निर्माण गर्दा स्थानीयको महत्व कम हुने, फोहोर फाल्ने ठाउँ मात्र बन्ने भन्दै बिरोध पनि गरेका थिए ।

उक्त बिरोध बुझाइको कमी हुँदा मात्र भएको भन्दै वडा अध्यक्ष केसीले सबैसँग खुला छलफलबाट केवुलकार निर्माण गरिनुपर्ने धारणा आइसकेको छ । अझै पनि सबैसँग बसेर निष्कर्षमा पुगिने उनले बताए । बुधवार बागलुङमा भएको भेटवार्तामा चीनको बेइजिङ स्थित गुडयु रोपे ईन्जिनियरिङ कंपनीका सिईओ रुआन बिआओले आफ्नो कंपनी प्राविधिक सहयोग गर्न तयार रहेको बताए ।

उनको कंपनीले सयौं योजना सम्पन्न गरिसकेको दावी गर्दै दक्षिण एशियामा यहाँको काम सबैभन्दा लामो हुने दावी गरिएको छ । २ किमी ५ सय मीटर लामो हुने भनिएको यो केवुलकार उनीहरुको कंपनीको लागि दक्षिण एशियाकोलामो हुनेछ । चीनमा भने कंपनीले यस अघि १० किमी लामो केवुलकार बनाइसकेको उनले दावी गरेका छन् । साथै चीनमा भ्रमण गरेर आफ्नो कंपनीले गरेका कामको अवलोकन गर्न पनि उनले सबैलाई आग्रहगरेका थिए ।
जवाफमा प्राविधिक ज्ञान र बिकासको मोडल हेर्नका लागि नेपालीले चीनको भ्रमण र सकारात्मक कामको अनुसरण गर्न तयार रहेको पौडेलले बताएका थिए । चीनिया
भाषाका दोभाषे तथा प्राविधिक श्याम अधिकारीले बिकासको ढोका खोल्न र नमूना कामका लागि केवुलकार निर्माण उपयोगी हुने भन्दै पञ्चकोटको बिकासका लागि पनि उपयोगी भएको बताए ।

त्यसका लागि सबैसँग समन्वय गरेर अगाडि बढ्न सुझाव दिए । केवुलकार निर्माण गरिने भएमा गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले डिपिआरको खर्च व्यहोरिदिने आश्वासन समेत दिइसकेको छ । उक्त खर्च व्यहोरियो भने निर्माणको क्रममा पनि जनताको लगानीमा थप सहयोग हुने विश्वास जनप्रतिनिधिले गरेका छन् ।