विमान रनवेबाट चिप्लेर नदीमा खस्यो

  • प्रकाशित मिति : May 4, 2019
  • टुरिजम सञ्चार

एजेन्सी। १३६ यात्रु रहेको अमेरिकाको फ्लोरिडामा बोइङ ७३७ विमान रनवेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको छ ।

उक्त दुर्घटनाबाट यात्रुहरु घाइते नभएको बताइएको छ। ग्वान्टानामो बेको नेभल स्टेसनबाट नेभल एयर स्टेसन ज्याकसनभिलमा विमान अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको नभेल एयर स्टेसन ज्याकसनभिलका प्रवक्ताले जानकारी दिए ।

क्युबाको ग्वान्टानामो बेबाट आइरहेको विमान राती ९ बजेर ४० मिनेट जाँदा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लेर नदीमा खसेको थियो । दुर्घटना लगत्तै उद्धार टोली पुगेर सबैको उद्धार गरेको थियो ।