काठमाडौं, बैशाख २१। देशको पुर्वी भु-भागमा पुर्ण बदली, मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी भु-भागका अधिकांस स्थानहरुमा , मध्य र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ र पुर्वका एक दुइ स्थानमा भारि बर्षाको पनि संभावना छ। उच्च पहाडी र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ।
राति: देशको पुर्वी भु-भागमा पुर्ण बदली, मध्य र पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा आंसिक बदली रहनेछ। पुर्वी भु-भाग लगायात मध्य तथा पश्चिमी पहाडी भु-भागका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ र पुर्वका एक दुइ स्थानमा भारि बर्षाको पनि संभावना छ। उच्च पहाडी र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ।