पूर्वी हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन गृहमन्त्रालयको अनुरोध

  • प्रकाशित मिति : May 3, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख २०। बंगालको खाडीबाट सक्रिय भएको चक्रवर्ती ‘फानी’को असर नेपालमा पनि देखिन थालेपछि सरकारले पूर्वी हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन भनेको छ ।

पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपातको सम्भावना भएकोले आजदेखि शनिबारसम्म हेलिकोप्टर नउडाउन सचेत गराएको हो ।

गृह मन्त्रालयले एक ट्वीट गर्दै जल तथा मौसम पूर्वानुमान महाशाखाको ट्वीटलाई रिट्वट गर्दै यस्तो सुचना जारी गरेको हो । साथै मन्त्रालयले पर्यटक र यात्रुहरुलाई सचेत रहन समेत अनुरोध गरेको छ ।

महाशाखा ले सूचना जारी गर्दै पूर्वी हिमाली क्षेत्रमा रहेका पर्यटकहरुलाई पनि सुरक्षित स्थानमा रहन भनेको छ ।

हालसम्म ‘फानी’ नै नेपालमा आउने सम्भावना नभए पनि यसको प्रभावले नेपालका केही ठाउँमा हावाहुरीसहित ठूलो वर्षा हुने अनुमान मौसमविद्हरुले गरेका छन् ।