खराब मौसमको कारण आन्तरिक उडान अवरुद्ध

  • प्रकाशित मिति : May 3, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, वैशाख २०। त्रिभुवन विमानस्थलबाट उड्ने आन्तरिक उडान माैसमका कारण अवरुद्ध भएको छ । बुद्ध एअरको २ र सौर्य एअरको एक उडान डाइभर्ट गरिएको छ । अन्तराष्ट्रिय उडान भने नियमित छ ।

भारतको उडिसा हुँदै आएको सामुन्द्रिक आँधी फेनीले पश्चिम बंगाल र झारखण्डका केही भूभाग हुँदै नेपालकाे माैसममासमेत प्रभाव पारेकाे छ ।

मौसमवीद वरुण पौडेलका अनुसार फेनीका कारण नेपालकाे पूर्वी भागमा शनिबार र आइतबार दिनभरी बद्ली र वर्षा हुने छ ।