यस्तो रहन्छ आजको मौसम, सचेत रहन आग्रह

  • प्रकाशित मिति : May 2, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख १९। आज बिहीबार देशको पश्चिमी भु–भाग र पुर्वी भु–भाग लगायत मध्य पहाडी भु–भागमा आंसिकदेखि सामान्य बदली हुनेछ । देशको बाँकी भु–भागमा आंशिक बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी भू–भाग साथै पुर्वी भु–भागका केही स्थानमा र मध्य पहाडी भु–भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।


त्यसैगरी रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।