काठमाडौं, बैशाख १८। काठमाडौंमा ठुलो हावाहुरी चलेको छ । बेलुका ६ बजेर ५० मिनेटदेखि सुरुभएको हावाहुरी अहिले पनि जारी छ । सडकमा हिडडुल गर्ने सर्वसाधारण हुरीले प्रभावित भएका छन ।
हुरीले ठुलो क्षेति भएको हुन सक्ने आशंका गरिएको छ । अनामनगर आसपासमा पोलमा विद्युत सट भएर आगलागी भइरहेको छ भने साना तिना टहराहरु उडाएको छ ।
दिनभर मौसम सफा भएपनि बेलुका पख बदली हुँदा हावाहुरी सहित पानी पनि परिरहेको छ ।