काठमाडौं, वैशाख १८ | भारतीय सेनाले नेपालको मकालु हिमालमा यतीको पाइला भेटिएको दाबी गरे पनि नेपाली अधिकारीले भने त्यसको खण्डन गरेका छन् ।
भारतीय सेनाको एउटा पर्वतारोही टोलीले मकालु हिमालको आधार शिविरमा यतीको पाइला भेटिएको भन्दै फोटो सार्वजनिक गरेपछि विश्वका विभिन्न सञ्चार माध्यमले यसलाई प्राथमिकताका साथ प्रकाशित गरेका थिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठ भने यतीकै पाइला भनरे ठोकुवा गर्न सकिदैन ।
लामो समयसम्म यतीकै बारेमा खोज अनुसन्धान गर्ने अनुसन्धानकर्ता ड्यानियल सी टेलरले पनि यस क्षेत्रमा हिम मानवका पाइला भनेर प्रचार गरिएका चिज ठूलो भालुको पाइलासँग मेल खाने बताएका थिए ।