बुवा सँगको तस्बिर पोष्ट गर्दै विजय लामाले फेसबुक मा यस्तो लेखे

  • प्रकाशित मिति : May 1, 2019
  • टुरिजम सञ्चार

काठमाडौं ,वैशाख १८। नेपाल एयरलायन्सका सिनियर क्याप्टेन बिजय लामालाई नागरिक उड्यन प्राधिकरण क्यान ले विवादास्पद अभिव्यक्ति दिएको भन्दै नेपाल वायु सेवा निगमको प्रवक्ताबाट नहटाए सम्म उनको लाइसेन्स सस्पेन्स गरेको थियो ।

निगमले प्रवक्तको जिम्मेवारीबाट लामालाई मुक्त गरे सँगै उनको लाइसेन्स निलम्बन फुकुवा भएको क्यानका उच्च अधिकारीले जानकारी दिएका थिए । यस विच क्यापटेन लामाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै जस्तो जुकै आँधीबेहरी आए पनि आफु विचलित नहुने स्पष्ट पारेका छन् ।आफ्ना बृद्ध बुवा सँगको तस्बिर पोष्ट गर्दै उनले यस्तो लेखेका छन _

‘मैले आत्मा बल, सत्य मार्ग, सहि सोच अनि निडर पन मेरो बाउ बाट सिकेको छु ! देशको माया, मात्री भुमिको मूल्य, नेपाली सन्तानको माया, काम गर्ने संस्था अनि वर्दिको कदर पनि यिनै महापुरुष बाट सिकेको हु !त्यसैलै जति आधी भेरी आए नि, जति दुख पीडा आए नि कहिले डगमगाउनु सिकिन !!

तपाइहरु सबैको माया अनि साथको लागि हृदय देखि प्रणाम! सादुवाद!
धन्यबाद!!!
जय चन्द्र सुर्य!’