कस्तो रहन्छ आजको मौसम ?

  • प्रकाशित मिति : May 1, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख १८। आज बुधवार देशको पहाडी भेगमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहाडी भेगका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

त्यसैगरी रातिको समयमा देशको पहाडी भेगमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

साथै पूर्वी तराई भेगका एक–दुई स्थानमा सामान्य हुरी/बतास चल्ने सम्भावना छ ।