भीरबाट लडेर विदेशी पर्यटकको मृत्यु

  • प्रकाशित मिति : April 30, 2019
  • टुरिजम सञ्चार

गोरखा, बैशाख १७। गोरखाको मनास्लु पदमार्गमा भीरबाट लडेर एक विदेशी पर्यटकको मृत्यु भएको छ। चुम भ्याली गई फर्कनेक्रममा मंगलबार चुमनुब्री गाउँपालिका ३ को भिरबाट खसेर रसियाका जेटसेभ एलेक्सएण्डर मृत्यु भएको हो।

उनी भीरबाट तीनसय मिटर तल खसेको स्थानीयले जनाएका छन् । उनको साथमा  ७१३४९९७६४ नम्बरको पासपोर्ट भेटिएको छ।