सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा

  • प्रकाशित मिति : April 30, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख १७। संस्कृतिविद् सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा दिने हुने भएको छ। ललितपुर महानगरपालिकाले जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

मेयर चिरिबाबु महर्जनले जोशी ९९ पूरा पुगेर १०० वर्ष लागेको दिन वैशाख ३० गते उनको सम्मानमा सार्वजनिक बिदा दिने जानकारी दिए ।महानगरपालिका अन्तर्गतका सबै कार्यालयमा उनको सम्मानमा सार्वजनिक विदा हुनेछ ।

महानगरपालिकाले उनको सम्मानमा पाठयपुस्तकमा जीवनी समावेश गर्ने, तस्बिरअंकित चाँदीका मुद्रा निष्कासन र हुलाक टिकट प्रकाशन गर्ने, नगरभित्रका पार्कमा उनको प्रतिमा राख्नेलगायत २२ कार्यक्रम पनि सार्वजनिक गरेको छ ।