कस्तो रहन्छ आजको मौसम ?

  • प्रकाशित मिति : April 30, 2019
  • टुरिजम सञ्चार

काठमाडौँ, वैशाख १७। आज मंगलवार पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रको मौसम भने आंशिक बदली रहने र एक–दुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ । तराईका क्षेत्रमा चर्को घाम लाग्ने भएकाले गर्मी बढ्ने छ ।

पछिल्लो केही दिनदेखि गर्मी बढ्दै गएको छ र यो क्रमम जारी रहने जनाइएको छ । पश्चिमका केही ठाउँमा बेलुका तिर हुरी–बतास चल्ने सम्भावना पनि छ ।