नेपाल वायुसेवा निगमका प्रवक्ता पाइलट विजय लामा निलम्बित

  • प्रकाशित मिति : April 29, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख १६। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका प्रवक्ता तथा पाइलट विजय लामालाई निलम्बन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेर लामाको लाइसेन्स सस्पेन्ड गरेको हो ।

एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ती आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो। केही दिनअघि विवादस्पद अभिव्यक्ति दिएको भन्दै क्याप्टेन लामासँग स्पष्टिकरण सोधेको थियो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले नेपाल वायु सेवा निगमको प्रवक्ताबाट नहटेसम्म लामालाई जहाज उडानसमेत प्रतिबन्ध लगाइएको बताए ।