कन्याम चियाबगानमा चिया मजदुरको  बिरोध प्रदर्शन

  • प्रकाशित मिति : April 29, 2019
  • टुरिजम सञ्चार

इलाम, बैशाख १६। इलामको सुर्योदय नगरपालीका कन्याम चियाबगानमा १ महिनाबाट आन्दोलीत भएका चिया मजदुरले  बिरोध जुलुस सहित कोणसभा सम्पन्न गरेका छन् । कन्यामबाट बिरोध प्रदर्शन गदै फिक्कल बजारमा कोणसभा गरेका थिए।

सभालाइ सम्बोधन गदै अखिल नेपाल ट्रेडयूनियन महासँघका जिल्ला अध्यक्ष उमेश रेग्मी, उपाध्यक्ष बिण्णु भटराई ,नेपाल चिया बगान श्रमिक सघँका इकाइ कमिटीअध्यक्ष मेघानाथ निरोला ,लगायतले चिया मजदुरलार्इ भोकै राखेर चिया दिवशको औचित्य छैन भन्दै चिया मजुदुरको न्यूनतम ज्याला ३८५ लागु गर ,योगदानमा आधारीत सामाजीक सुरक्षा लागु गर ,श्रम एैन २०७४ लागु गर जस्ता आफ्रना माग राख्दै सभालाइ सम्बोधन गरेका थिए ।

१५० बढीको उपस्थिती रहेको सभामा  नेपाल चिया बगान श्रमिक सघँका जिल्ला उपाध्यक्ष अम्बर निरौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने  ट्रेडयूनियन महासँघ जि फन्डका जिल्ला अध्यक्ष रमेश खड्रकाले सञ्चालन गरेका थिए ।

त्यसैगरिश्रम शोषणविरुद्ध विगत एक महिनादेखि आन्दोलनमा उत्रिएका पूर्वका चिया मजदुरले झापामा चिया उद्योगीको पुतला दहन गरेका छन्। आन्दोलनमा उत्रिएका चिया मजदुरले पूर्व ९ पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडस्थित मुक्ति चोकमा आइतबार उद्योगीको पुतला दहन गरेका हुन्। नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघमा आवद्ध मजदुरले उद्योगीविरुद्ध चर्को नाराबाजी गर्दै पुतला दहन गरेका थिए।

सरकारले राजपत्रमै प्रकाशित गरी चिया मजदुरलको न्यूनतम ज्याला तोके पनि चिया उद्योगीले सो अनुसारको ज्याला नदिएपछि पूर्वका चिया मजदुर चिया मजदुर चैत १७ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्।  श्रम ऐनमा श्रमिकको नियुक्तिपत्र, बिमा, बिदा सुविधा, औषधोपचारलगायतको व्यवस्था छ। एक वर्ष काम गरेका श्रमिकले मासिक रूपमा पाउने आधारभूत पारिश्रमिकको कम्तिमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलबवृद्धि पाउने ऐनमा उल्लेख छ।

आफ्नो धर्म , संस्कृति तथा परम्पराअनुसार चाडपर्व मनाउन श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ। श्रम नियमावलीले सञ्चय कोष, उपदान, बिदा सुविधा, नियुक्तिपत्र, स्थायी, करार लगायतको व्यवस्था छ। झापामा मात्र २८ वटा सिटिसी चिया उद्योगमा मजदुर कार्यरत रहेका छन् ।

उनीहरूले दैनिक ८ घण्टा काम गरे पनि दैनिक २७८ रुपैयाँ मात्र ज्याला पाइरहेका छन्। सरकारले तोकेको ज्याला पाउनु पर्ने भन्दै चिया मजदुरले चैत १७ गतेदेखि अनिश्चितकालीन चिया उद्योगहरू बन्द गरी आन्दोलनमा सहभागी हुँदै आइरहेको छ।