कस्तो छ त सोमबारको मौसम ?

  • प्रकाशित मिति : April 29, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख १६। देशका पूर्वी, मध्य र पश्चिमि पहाडी भेगका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भु–भागमा आंशिक बदली र बांकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै रातको समयमा देशको पूर्वी पहाडी भेगमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

त्यसैगरी देशका पूर्वी पहाडी भेगका थोरै स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।