आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

  • प्रकाशित मिति : April 27, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख १४। शनिबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भू–भाग र पश्चिमका पहाडी भु–भागका केहीस्थानमा अपरान्हपछि मेघ गर्जनसहितको वर्षा हुने र अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भु– भागमा वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका एक– दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।